s

युवतीलाई भारततर्फ लैजाने तीन जना पक्राउ

Year of Publication: 4 June 2018 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

कञ्चनपुरको महाकाली नगरपालिकाकी एक जना युवतीलाई प्रलोभनमा पारी भारततर्फ लैजाने एक भारतीयसहित तीन जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ। 
 
युवतीलाई विभिन्न लालच तथा प्रभोलनमा पारी भारतको खटिमातर्फ लैजाने क्रममा भारतको उधमसिंहनगर खटिमा–६ बस्ने ४७ वर्षीय महेन्द्र पाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। 'भारतीयलाई सघाउने महाकाली नगरपालिकाका दुई जनालाई समेत पक्राउ गरेका छौं,' उनले भने। पक्राउ परेकालाई हिरासतमा खी अनुसन्धानको कार्य भइरहेको उहाँको भनाइ रहेको छ । 
 
Published on: 4 June 2018 | Nagarik

Back to list

;