s

बायोमेट्रिकले अन्तिरम आदेश पाएन

Year of Publication: 4 November 2015 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

मलेसिया जाने कामदारका लागि लागू गरिएको बायोमेटि्रक प्रणाली लागू गर्ने/नगर्ने विवादमा पुनरावेदन अदालत पाटनले अन्तरिम आदेश दिएन।
सोही मुद्दामा सर्वोच्चले यही कात्तिक २४ गते पेसी तोकेको बेला बुधबार पुनरावेदनले अन्तरिम आदेश जारी नगरेको हो। पुनरावेदन अदालतका न्यायाधीशद्वय दुर्गाप्रसाद भट्ट र चण्डिराज ढकालको इजलासले आउँदो मंसिर २ गते मुद्दाको अन्तिम सुनुवाइ गर्ने आदेश दियो।
 
गएको असार २१ गते श्रम तथा रोजगार मन्त्रालयले मलेसिया सरकारको मागबमोजिम भन्दै बायोमेटि्रक प्रणाली सुरु गरेको थियो। बायोमेटि्रक प्रणाली सुरु गरिएपछि त्यसअघि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका मेडिकल व्यवसायी लगायतले उक्त प्रणाली खारेजीको माग गर्दै सर्वोच्च र पुनरावेदन अदालतमा मुद्दा दायर गरेका छन्।
 
Published on : 4 November 2015 | Nagarik
 

Back to list

;