s

मौन अवधिमा पनि वैदेशिक रोजगार विभाग खुला

Year of Publication: 19 November 2013 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

सरकारले आइतबार र सोमबार सार्वजनिक बिदाका दिन पनि वैदेशिक रोजगार विभाग खुला राखेको छ । वैदेशिक रोजगारीलाई अत्यावश्यकीय सेवा भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभाग खुला राखेको हो ।

'निर्वाचनको भोलिपल्ट पनि सार्वजनिक बिदा परेको तर वैदेशिक रोजगारीमा जाने सर्वसाधारण त्यही बेला फ्लाइट भएकाले उनीहरूलाई समस्या नहोस् भन्ने असल मनसायले विभाग खुला राखिएको हो,' प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बास्कोटाले भने । विभाग खोल्न मुख्य सचिव लीलामणि पौडेल र सचिव बास्कोटा तीनकुनेस्थित विभागको कार्यालय नै पुगेका थिए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले संघको आग्रहमा सरकारले सार्वजनिक बिदाका दिन पनि विभाग खोलेर सेवा दिएको बताए । 'आइतबार २ सय जनाले अन्तिम स्वीकृति पाए,' उनले भने, 'सोमबार पनि विभागले वैदेशिक रोजगारीमा जान चाहनेलाई सेवा प्रदान गरेको छ । बुधबार फ्लाइट भएका सर्वसाधारणले विदेश जान पाउने भएका छन् ।' सचिव बास्कोटाले अन्य अत्यावश्यकीय सेवा पनि निरन्तर सञ्चालन भइरहेको बताए ।

Published on: 19 November 2013 | Kantipur

Back to list

;