s
Year of Publication: 18 October 2022 | Annapurna Post
Published by: CESLAM
काठमाडौं : रसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन्।दाङको तुलसीपुर-१ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने ४८ वर्षीया तुलसा भण्डारी पक्राउ परेकी हुन्।
उनले विवेक ज्ञवालीलाई वर्किङ भिषामा रसिया जाँदा मासिक तीन लाख आम्दानी हुने र रसिया पुगेपछि प्रतिष्ठित सुपरमार्केटमा काम लगाइदिने भन्दै चालिस लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएकी थिइन्।
ठगी गरेको आरोपमा उनलाई वैदेशिक रोजगार विभागले प्रहरीलाई पक्राउ गर्न आग्रह गरेको थियो।प्रहरीले सोमबार काठमाडौंको घट्टेकुलोबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।
Published on: 18 October 2022 | Annapurna Post
GET IN TOUCH