s
Year of Publication: 11 August 2022 | Annapurna Post
Published by: CESLAM
काठमाडौं : भिजिट भिसामा युएई हिँडेका १८ जना महिलालाई त्रिअबी अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ। गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा नगरी युएई हिँडेका उनीहरुलाई बुधबार अध्यागम कार्यालयले 'अफलोड' गरेको हो।
अध्यागमन स्रोतका अनुसार अधिकांशले मापदण्ड पूरा नगरेको र भनेबमोजिम कागजात पेस गर्न सकेनन्। 'अधिकांश महिलाले गृह मन्त्रालयले जारी गरेको मापदण्डको बुँदा ५ लाई टेकेर भिजिट भिसामा युएई जान हिँडेका थिए। तर कसैले पनि त्यसको औचित्य पुष्टि हुने कागजात पेस गर्न सकेनन्। जसका कारण सबैको प्रस्थान अनुमति अस्वीकार गरेको हो,' स्रोतले अन्नपूर्णसँग भने।
गृह मन्त्रालयले जारी गरेको मापदण्डको बुँदा ५ मा आफ्नो घरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनामा जाने व्यक्ति वैदेशिक रोजगारमा रहेकाहरुको नातेदार समेत हुने उल्लेख छ।
महिलाहरुको यत्रो ठूलो समूहलाई दलालहरुले अन्य प्रायोजका निम्ति विदेश लैजान लागेको आशंका अध्यागमन कार्यालयका अधिकारीहरुको छ। 'यतिका धेरै जनामध्ये कसै न कसैले त कागजात पेस गर्न सक्थ्यो। तर कसैले पनि पेस नगरेपछि आशंका बढेर गयो,' स्रोतको दाबी छ।
अध्यागन कार्यालयका अनुसार 'अफलोड' हुनेमा सोलुखुम्बुका सन्जिता राई, भोजपुरका कविता राई डंगोल, देवकी राई, प्यामदेकी शेर्पा, झापाका सुनिता तामाङ, बर्दियाका सुकी विक, सिन्धुपाल्चोकका सुकुमाया तामाङ, कालिकोटका कमला बोहोरा, दाङका मोतीकला नेपाली, शान्तिदेवी विश्वकर्मा, सर्लाहीका पुनम थापा मगर, रसुवाका कल्पना थिङ, गोरखाका दुर्ग बानिया रहेका छन्।
त्यस्तै कलालीका प्रिया धिताल, दैलेखका सुनिता थापा, धादिङका दुर्गा परियार, सुर्खेतका गौरी बादी र सुनसरीका माइती कुमारी विश्वकर्मा रहेका छन्।
त्यस्तै आजै वैदेशिक रोजगारका लागि कतार हिँडेका चार जनालाई प्रस्थान अनुमति दिन अस्वीकार गरिएको छ। अध्यागमन कार्यालयले पाल्पाका भरत झेन्डी, खेमबहादुर झेन्डी, लोहबिर झेन्डी मगर र शेरबहादुर झेन्डी रहेका छन्। उनीहरुसँग श्रम स्वीकृति नरहेका अफलोड गरिएको अध्यागमन कार्यालयले जनाएको छ।
GET IN TOUCH